जैमिनी मेलाको तयारी अन्तिम चरणमा, भोलि नगर प्रमुख पुनले उद्घाटन गर्दै

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २८ पुस २०७९ ।

जैमिनी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । बागलुङको कुश्मिसेरामा भोलि शुक्रबारदेखि सुरु हुने जैमिनी मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रमको लागि आवश्यक तयारी भैरहेको आयोजक सहारा क्लव कुश्मिसेराका अधयक्ष सुरेश सुनारले जानकारी दिनुभयो । माघेसक्रान्तिको अवसरमा पुस २९ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुने मेलामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने उहाँको भनाई छ ।
जैमिनी मेलाको कुश्मिसेरामा अवस्थित शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज मिडिया पार्टनरको रुपमा रहेको छ । पुस २९ गते मेलाको उद्घाटनका साथै जैमिनी नगरपालिकाका कर्मचारी, शिक्षक र जनप्रतिनिधि विच मैत्रीपूर्ण भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । यस्तै सोहि दिन महिला भलिवल प्रतियोगिता र नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको ट्राइसिट प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

पुस ३० गते महिला भलिवल प्रतियोगिता र नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरुवात गरिने छ । सोहि दिन कृषि र शैक्षिक सामग्री प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । पुस ३० गते नै पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता र रत्यौली प्रतियोगिताको ट्राइसिट प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

माघ १ गते मुल समारोहको उद्घाटनका साथै धौलागिरी अञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको ट्राइसिट प्रकाशन गरिने छ । माघ १ गते मुल समारोहका दिन विविध साँस्कृतिक कार्यक्रम समेत हुने छ ।

यस्तै माघ २ गते पालिका स्तरीय पुरुष भलिवल र धौलागिरी अञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सुरुवात गरिने छ । माघ ३ गते हाजिरी जवाफ प्रतियोगिता सुरु गर्नुका साथै जैमिनी डान्स आइडलको ट्राइसिट प्रकाशन गरिने छ । सोहि दिन महिला भलिवल प्रतियोगिता र धौलागिरी अञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनल हुने छ ।

माघ ४ गते डान्स आइडल प्रतियाृगिता सुरु हुने छ भने रत्यौली प्रतियोगिताको फाइनल हुने छ । माघ ५ गते अन्तिम दिन पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता र जैमिनी डान्स आइडलको फाइनल हुने छ । सोहि दिन पुरस्कार वितरण सहित समापन समारोह हुने आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ । प्रत्येक दिन ख्यातिप्राप्त कलाकारहरुद्वारा सांगितिक प्रस्तुति रहने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो