जैमिनी मेलामा आजबाट डान्स आइडल सुरु, यी कलाकारले दिँदैछन् बबाल प्रस्तुति

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ माघ २०७९ ।

बागलुङको कुश्मिसेरामा सञ्चालित जैमिनी मेलाको अवसरमा आज डान्स आइडल प्रतियोगिता सुरु हुँदै छ । सहारा क्लव कुश्मिसेराको आयोजनामा सञ्चालित जैमिनी मेलामा आजबाट डान्स आइडल प्रतियोगिता गर्न लागिएको हो ।

गएका बर्षहरुमा झैँ यस बर्ष पनि जैमिनी डान्स आइडल प्रतियोगिता गर्न लागिएको आयोजक सहारा क्लवले जनाएको छ । “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजित मेलामा स्लो बाइक रेस प्रतियोगिता नि सञ्चालन गरिने छ ।

यस्तै आज प्रेमा राना, राजन कार्की, सुनिल वि.सी, कृष्ण समिप सुवेदी लगाएतका कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ । सर्वाधिक राशीको पुरुष भलिवल प्रतियोगिता पनि सञ्चालन भैरहेको छ । पुस २९ गतेदेखि सुरु भएको मेला माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो