जैमिनी मेलामा आयोजित भलिवल प्रतियोगिताको उपाधि गलकोटले जित्यो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ माघ २०७९ ।

जैमिनी मेलामा आयोजित भलिवल प्रतियोगिताको उपाधि गलकोटले जितेकाे छ । फाइनलमा जैमिनी नगरपालिका निलाेलाइ हराउँदै गलकाेटले उपाधि जेतेकाे हाे ।

सर्वाधिक राशीकाे पालिका स्तरीय पुरूष भलिवल प्रतियाेगिता जितेकाे गलकाेटले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । दाेस्राे भएकाे जैमिनी निलाेले ५५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार जितेकाे छ ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजित मेलामा अहिले समापन समाराेहका साथै पुरस्कार वितरणा कार्यक्रम चलिरहेकाे छ । मेला पुस २९ गतेदेखि सुरू भएकाे थियाे भने आज समापन हुँदै छ ।

 

बिजेता गलकाेट र जैमिनीकाे फाइनल खेल भिडियाेमा हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो