बरेङमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई विद्यालय सञ्चालन सम्बन्धी अभिमुखिकरण

याे सामग्री सेअर गर्नुहाेस्

दिपेन्द्र परियार
बागलुङ, २० माघ २०७९ ।

बागलुङको बरेङमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई विद्यालय सञ्चालन सम्बन्धि अभिमुखिकरण गरिएको छ । विद्यालयमा हुने सबैखाले क्रियाकलापहरुलाई सहजता ल्याउदै प्रभावकारी तरिकाले सञ्चालन गर्न तथा विद्यालय व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गर्न शुक्रबार कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति गठन, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य छनौट, सामुदायिक विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार, शिक्षक अभिवावक संघको काम कर्तव्य र अधिकार, विद्यालय कोष सञ्चालन लगाएतको विषयमा बरेङ गाँउपालिकाका शिक्षा प्राबिधिक सहायक विष्णु प्रसाद न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।

यस्तै विद्यालयमा निकासा हुने रकम तथा कार्यान्वयन बारे जानकारी लगायत अन्य विषयमा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखाका प्रमुख सुर्य प्रसाद शर्माले सहजिकरण गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा बरेङका अधिकांश विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा धौलागिरि प्राथमिक विद्यालय सल्यानका व्यवस्थापन समितिका अध्यक्ष तथा सल्यान सुखौरा माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य अमृत गौतमले आफुले सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । कार्यक्रमले विद्यालयमा हुने गतिविधिहरुका बारे धेरै कुराहरु जान्ने बुझ्ने अवसर मिलेको उहाँको भनाई छ । सहभागीहरुले राखेका जिज्ञासा माथि शिक्षा अधिकृत शर्माले सहजिकरण गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो