जैमिनीमा विद्यालय देखि विद्यार्थी सम्मलाई सम्मान, कविता प्रतियोगिताको आयोजना

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, १६ जेठ २०८० ।

बागलुङको जैमिनीमा गणतन्त्र दिवसको अवसरमा विद्यालय, शिक्षक र विद्यार्थी सम्मान सहित कविता प्रतियोगिता सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सम्मान सहित आधारभूत तहका विद्यार्थी विच कविता प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

विद्यालय, विद्यार्थी र शिक्षकहरुको समेत मनोवल बढाउन र विद्यार्थीहरुलाई पढाई संगै अतिरिक्त क्रियाकलापमा आकर्षण गराउन यस्तो कार्यक्रमको आयोजना गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।

हिमालयन आवासीय माध्यामिक विद्यालय कुश्मिसेराको प्राङ्गणमा भएको कार्यक्रममा आधाभूत तह (कक्षा ६–८) का विद्यार्थी विच भएको कविता वाचन प्रतियोगितामा जैमिनी संस्कृत आधारभूत पाठशाला जैमिनी २ दमेक शिवपुरीका विद्यार्थी अमृत सापकोटा प्रथम, जनशिक्षित माध्यामिक विद्यालय जैमिनी ६ अर्जेवाकी विद्यार्थी सन्धया सुनार द्वित्तीय, जनता माध्यामिक विद्यालय जैमिनी ९ पैयुथन्थापकी विद्यार्थी स्मृति पौडेल तृतीय, जनप्रीय माध्यामिक विद्यालय जैमिनी २ की विद्यार्थी करुणा शर्मा र सर्वोदय जनक माध्यामिक विद्यालय जैमिनी ५ बिनामारेकी विद्यार्थी कुशुम आचार्य शान्तवना भएका छन् ।

यस्तैगरी नगरपालिका स्तरीय कक्षा ५ र कक्षा ८ मा आफ्नो विषयमा विद्यार्थीहरुलाई उत्कृष्ट अंक ल्याउने बनाउन सफल भएकोमा ५ वटा विषयका शिक्षकहरुलाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा नेपाली, अंग्रेजी, गणीत, विज्ञान र सामाजिक विषयका शिक्षकहरुलाई सम्मान गरिएको हो । कक्षा ८ को नतिजा अनुसार सम्मानित हुने शिक्षकहरुमा बसन्त मा.वि जैमिनी ८ छिस्तीका नेपाली विषय शिक्षक बिना शर्मा, सुन्तलाचौर मा.वि जैमिनी २ दमेकका अंग्रेजी शिक्षक नवराज सापकोटा, जनप्रिय मा.वि दमेकका गणित शिक्षक कृष्ण प्रसाद शर्मा, जनता मा.वि जैमिनी ४ सर्कुवाका विज्ञान शिक्षक लेखनाथ शर्मा र शान्ति मा.वि जैमिनी १ कुश्मिसेराका सामाजिक शिक्षक पूर्ण प्रसाद शर्मा रहनुभएको छ ।

यस्तै कक्षा ५ को नतिजा अनुसार सम्मानित हुने शिक्षकहरुमा दलित उत्थान प्रा.वि जैमिनी ५ विनामारेका नेपाली विषय शिक्षक गुमा देवि शर्मा, राङ्खानी मा.वि जैमिनी १० राङ्खानीका अंग्रेजी शिक्षक इन्द्र बहादुर पुन, जनकल्याण मा.वि जैमिनी ६ अर्जेवाका गणित शिक्षक रामचन्द्र रेग्मी, ज्ञानोदय प्रा.वि विनामारेका विज्ञान शिक्षक कविता शर्मा र सर्वोदय जनक मा.वि विनामारेका समाजिक शिक्षक शुशिलादेवि शर्मा रहनुभएको छ ।

कार्यक्रममा जैमिनी नगरपालिका स्तरीय परिक्षामा उत्कृष्ट अंक र जिपिए प्राप्त गर्ने विद्यार्थी र एसइइ परिक्षामा जैमिनी भर उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो