जैमिनीलाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्न प्रतिवद्धता

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, २० जेठ २०८० ।

बागलुङको जैमिनीमा बालमैत्री स्थानीय शासन सम्बन्धि नितिगत तथा प्रक्रियागत कार्य व्यवस्थाका लागि नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी अन्तर्गत बिहिबारबाट सुरु भएको अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

May be an image of text that says '"समृद्ध जैमिनी, खुसी आत्मनिर्भर जैमिनिवासी aमલ्री कगीय वाবল बालमैत्री स्थानीय शासन सम्बन्धी नीतिगत तथा प्रक्रियागत कार्यव्यवस्थाका लागि नगर स्तरीय अभिमुखीकरण कार्यक्रम मिति: २०५० जेष्ठ ৭5 र १९ गते स्थान: शान्तिदीप बहुमुखी क्याम्पस, कुश्मीसेरा आयोजक जैमिनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कुश्मीसेरा, बागलुड'

जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा भएको गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर वि.क र फोकल पर्सन रामचन्द्र शर्माको सहजिकरणमा अभिमुखिकरण भएको जैमिनी नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख देवि सुनारले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी सहित सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन युक्त पालिकाको बारेमा जानकारी गराइएको थियो ।

May be an image of 3 people, people studying and text

कार्यक्रममा बालमैत्री स्थानीय शासन भनेको के हो ? बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्न किन जरुरी छ ? लगाएतका विषयमा जानकारी गराइएको थियो ।

यसैविच जैमिनी नगरपालिकालाई आगामी ३ बर्ष भित्रमा बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने प्रतिवद्धता गरिएको छ । जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले २०८२ साल चैत मसान्त भित्र जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने प्रतिवद्धतामा हस्ताक्षर गर्नुभएको हो ।

विभिन्न सरोकारवालाहरुले सो प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । ५१ वटा सूचक पुरा गरेर नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी थालिएको नगरपालिकाले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो