जैमिनीको राङ्खानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, अन्य वडाहरुमा पनि शिविर गरिने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २१ जेठ २०८० ।

जैमिनीको राङ्खानीमा निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका १० राङ्खानीमा विशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाको आयोजना र मेडिप्लस हस्पिटल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ५ सय २६ जनाले सेवा लिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । ४ सय ३८ जना महिला र ८८ जना पुरुष गरी कुल ५ सय २६ जनाले सेवा लिएकोमा ३७ जनाको मुटुको जाँच (इसिजी), १ सय ५९ को भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) र ५९ जनाले ल्याब सेवा लिएका थिए ।

जैमिनी नगरपालिकाको वडा नं ९ र १० लाई मध्येनजर गरेर आयोजना गरिएको शिविरमा पायक पर्ने अन्य वडाका विरामीहरुको पनि सहभागिता रहेको थियो । शिविरमा प्रसुति, स्त्री तथा बाँझोपन रोग विशेषज्ञ डाक्टर कालिका भण्डारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर निरज रञ्जित, प्रोष्टेड पत्थरी तथा पिसाब रोग विशेषज्ञ डाक्टर आनन्द भट्टराई, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी, रेडियोलोजिष्ट डाक्टर रोशन पंगेनी र दाँत तथा मुख रोग विशेषज्ञ डाक्टर सुवास सुवेदीले सेवा दिनुभएको थियो ।

नगरपालिकाले यस अघि जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । अब अन्य वडाहरुमा पनि क्रमशः शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो