बरेङ गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट ल्याउँदै, बागलुङको पनि आजै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ असार २०८० ।

बागलुङको बरेङ गाउँपालिकाले आज शुक्रबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सभामा प्रस्तुत गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँसभाको ११ औं अधिवेशन आह्वान गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यसूचि तय गर्नुभएको हो ।

गाउँपालिकाको सभाहल सुदालामा बिहान ११ बजे बस्ने गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पेश हुने छ भने आर्थिक बर्ष २०७९।८० को आयव्यव विवरण अनुमोदन र अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक पेश हुने छ ।

बरेङ गाउँपालिकाले यस अघि जिल्लाभरका पालिकाहरु मध्ये सबैभन्दा अघि आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेको थियो भने यस पटक अन्तिम समय सिमा नजिक आएपछि मात्रै अधिवेशन बोलाएको छ । यो बर्ष जैमिनी नगरपालिका जिल्लाभरबाट नीति तथा कार्यक्रम ल्याउने पहिलो पालिका बनेको छ ।

१० वटा स्थानीय तह रहेको बागलुङमा बागलुङ नगरपालिकाले असार ८ गते नै नगर अधिवेशन गर्ने तयारी गरेको छ भने जैमिनी र बरेङ बाहेक अन्य स्थानीय तहहरुले असार ९ र १० गते अधिवेशन गर्ने तयारी गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो