जैमिनीको बजेट ७२ करोड, बाँदर पार्क देखि कृषि अनुसन्धान सम्मलाई प्राथमिकता

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, ९ असार २०८० ।

बागलुङको जैमिनीले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ७२ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार भएको १३ औं नगरसभाको दोस्रो बैठकमा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले ७२ करोड चार लाख अठसठ्ठी हजार सात सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

चालु आर्थिक बर्षका लाथि ७० करोड सत्तरी लाख त्रिहत्तर हजार रुपैयाँको बजेट ल्याएको जैमिनीले आगामी आर्थिक बर्षका लागि झण्डै डेढ करोड बजेट बढाएर ल्याएको छ ।

जैमिनी नगरपालिकाको चालु बर्षमा संसोधन सहित विनियोजन गरेको कुल ७९ करोड ९० लाख ४४ हजार ९ सय ९२ रुपैयाँ मध्ये असार ५ गतेसम्म चालुतर्फ ३४ करोड ६२ लाख ७४ हजार ८ सय १२ रुपैयाँ र पुँजीगत तर्फ १५ करोड ४५ लाख ३२ हजार १ सय ८ रुपैयाँ खर्च भएको उप प्रमुख हरिहर शर्माले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । जैमिनीले चालु आर्थिक बर्षको अन्त्यसम्म ८५ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष राखेको छ ।

जैमिनीले आगामी बर्षका लागि कृषि सम्बन्धी अध्ययन र अनुसन्धानका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ जुन जैमिनीका लागि नयाँ रहेको यस कार्यक्रमले कृषकलाई प्रत्यक्ष लाभ हुने आशा गरिएको छ ।

बाँदरको समस्या रहेको जैमिनीमा यसको नियन्त्रण बाँदरपार्क निर्माण गर्न बजेट विनियोजन भएको छ । बाँदर बगैचा आधार तयार गर्न मात्रै नगरपालिकाले ८ लाख रुपैयाँ छुट्याएको छ । जैमिनीले पूर्वाधार तर्फ नयाँ बाटो खन्ने कामलाई पूर्ण रुपमा निरुत्साहित गरेर भएका संरचनाको मर्मत र स्तरोन्नतिको लागि बजेट छुट्याएको छ । सेवाग्राही सर्वेक्षण देखि कृषि, उत्पादन र पर्यटनको लागि बजेट विनियोजन गरेको जैमिनीले शिक्षा र स्वास्थयलाई पनि उत्तिकै प्राथमिकता दिएर बजेट छुट्याएको छ ।

कार्यक्रमको शुभेक्षा एफ.एम ९६.६ मेगाहर्ज कुश्मिसेरा, सन्ध्या इन्टरटेन्टमेन्ट अनलाइन टिभी र जिल्लाखबर डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

भिडियाे हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो