जैमिनीका सबै बालबालिका खोपको पहुँचमा, पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, ११ असार २०८० ।

बागलुङको जैमिनी नगरपालिकामा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा तथा प्रमाणिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको उपस्थितिमा जैमिनीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

२०७५ सालमा पूर्ण खोप नगरपालिका घोषणा भएको जैमिनीमा अहिलेसम्म जन्म देखि १५ महिना र १५ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएकोले जैमिनीलाई पूर्ण खोप सुनिश्चितता घोषणालाई निरन्तरता दिइएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा हालको अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्दै उहाँले जन्म देखि १५ महिनासम्मका ३ सय ७९ र ५९ महिनासम्मका १ हजार १ सय २५ जना बालबालिका रहेकोमा सबैले पूर्ण रुपमा लगाउनुपर्ने सबै खोप लगाएको बताउनुभयो ।

जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले घोषणा गर्नु मात्रै नभएर निरन्तरता दिन सक्नुलाई मूख्य प्रगति मानिने भएकाले जैमिनीमा ५९ महिना सम्मका सबै बालबालिकाहरुले लगाउनुपर्ने खोप पूर्ण रुपमा पाएकाले पूर्ण खोप सुनिश्चित छ भन्ने सिफारिस गरिएको जानकारी दिनुभयो । खोप पाउनु बालबालिकाको अधिकार समेत भएकाले यसबारे नगरपालिका, स्वास्थ्य कर्मी र अभिभावकहरु पनि जानकार बन्नुपर्ने भन्दै उहाँले भविष्यमा लाग्नसक्ने रोगबाट बालबालिकालाई बचाउन खोप लगाउनैपर्ने बताउनुभयो ।

केहि समय अघि खोपबारे चेतना फैलाउन नसक्दा जिवित भन्दा मृत हुने बालबालिकाको संख्या बढी हुने गरेको स्मरण गर्दै उहाँले अब हेलचेक्राईँ नगर्न र खोपबारे संवेदनशिल हुन आग्रह गर्नुभयो ।

पूर्ण खोप सुनिश्चितता दिगोपनाको घोषणा गर्दै नगर प्रमुख पुनले ब्यानरमा समेत हस्ताक्षर गर्नुभएको छ । नगर प्रमुख पुनले हस्ताक्षर गरेपछि समन्वय प्रमुख थापा सहित उपस्थित सबैले पालैपालो पूर्ण खोप दिगोपना सुनिश्चितता ब्यानरमा हस्ताक्षर गरेका थिए ।


कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, नगर उप प्रमुख हरिहर शर्मा, स्वास्थ्य कार्यलय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटा, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम र जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले आफ्नो भनाई राख्नुभएको थियो । सो अवसरमा जैमिनी नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य र स्वास्थ्यकर्मी सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो