जैमिनीमा महिला नेतृत्व विकास तथा कानूनी सचेतना तालिम सुरु

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १२ असार २०८० ।

बागलुङको जैमिनीमा महिला नेतृत्व विकास तथा कानूनी सचेतना तालिम सुरु भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा मंगलबार देखि २ दिने महिला नेतृत्व विकास तथा कानूनी सचेतना तालिम सुरु भएको हो ।

महिलाहरु नेतृत्वदायी भूमिकामा आउन प्रोत्साहन गर्ने र कानूनी जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको जैमिनी नगरपालिकाकी महिला विकास शाखा प्रमुख देवि सुनारले जानकारी दिनुभयो । तालिममा लैङ्गिक सम्बन्ध, जैविक र सामाजिक लिङ्ग भेद, व्यवहारिक आवश्यकता, रणनैतिक आवश्यकता लगाएतका विषयमा जानकारी गराइने छ ।

कानूननमा भएका व्यवस्था र महिला हकहितको बारेमा समेत जानकारी दिइने सो तालिममा अधिवक्ता लक्ष्मी बाँस्कोटा र गीता श्रीसले सहजिकरण गर्नुभएको छ । कार्यक्रममा सहभागीहरुले महिलाहरुले नेतृत्व लिने क्षमता राखेमा पारदर्शिता हुनुका साथै ती क्षेत्रहरु सबल हुने बताएका छन् । महिलाहरु पनि हरेक क्षेत्रको नेतृत्व लिन सफल भैसकेको अवस्थामा महिलाको नेतृत्व स्विकार गर्न सक्ने समाज विकास भै नसकेको सहभागीहरुको भनाई छ ।

कार्यक्रमको उद्घाटन सत्रमा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, नगर उप प्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो