कुश्मिसेरामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १३ असार २०८० ।

बागलुङको कुश्मिसेरामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जैमिनी नगरपालिका वडा नं १ कुश्मिसेराको आयोजनामा बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत कार्य अवलम्बन, कार्यन्वयन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखिकरण सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाको बालमैत्री स्थानीय शासन तथा बाल अधिकार संरक्षण कार्यविधि अनुसार सरोकारवालाहरुको उपस्थितिमा अभिमुखिकरण गरिएको जैमिनी नगरपालिका १ नं वडाका वडा अध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । सरोकारवालाहरुले वडामा समुहिक प्रतिवद्धतामा हस्ताक्षर गरेर बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न ऐक्यवद्धता जनाएका छन् ।

वडामा हुने बालश्रम र बाल शोषणको अन्त्य गरी बाल अधिकारको सुनिश्चितता हुनेगरी काम गर्न सम्बद्ध सबै सरोकारवालाहरुलाई वडाध्यक्ष आचार्यले आग्रह गर्नुभएको छ । कार्यक्रममा बालमैत्री स्थानीय शासनका सहजकर्ता विष्णु प्रसाद चौवेले सहजिकरण गर्नुभएको थियो ।

जैमिनी नगरपालिकालाई २०८२ साल चैत मसान्तसम्म बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी स्वरुप नगरपालिकाका विभिन्न वडाहरुमा अहिले अभिमुखिकरण चलिरहेको छ । मंगलबार जैमिनी नगरपालिका वडा नं ४ सर्कुवामा पनि यस्तैखाले अभिमुखिकरण कार्यक्रम गरी सामुहिक प्रतिवद्धता गरिएको वडा कार्यलयले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो