जैमिनीमा बालमैत्री वडा घोषणाको तयारी हुँदै, ८ वटा वडामा अभिमूखिकरण सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, १६ असार २०८० ।

बागलुङको जैमिनीमा बालमैत्री वडा घोषणाका लागि तयारी थालिएको छ । १० वटा वडा रहेको जैमिनी नगरपालिकामा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाको तयारी थालिएको हो ।

अहिले बिभिन्न वडाहरुमा बालमैत्री स्थानीय शासन नीतिगत प्रक्रियागत कार्य अवलम्बन, कार्यन्वयन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमूखिकरण चलिरहेको छ । यसअघि वडा नं १, २, ३, ४, ५, ६, ९ र १० मा अभिमूखिकरण सम्पन्न भैसकेको छ भने बाँकी वडाहरुमा आज अभिमूखिकरण सञ्चालन गरिने जैमिनी नगरपालिकाले जनाएको छ । विभिन्न वडाहरुमा बालमैत्री स्थानीय शासनका सहजकर्ता विष्णु प्रसाद चौवे र रामचन्द्र शर्माले सहजिकरण गरिरहनुभएको छ ।

हिजो जैमिनी नगरपालिकाको वडा नं ९ र १० मा अभिमूखिकरणको आयोजना गरिएको थियो भने आज वडा नं ७ र ८ मा अभिमूखिकरण गर्ने तयारी छ । वडामा अभिमूखिकरण सहित सरोकारवालाहरुको उपस्थितिमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्ने र वडालाई कहिलेसम्म वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भन्ने मिति तय गर्ने गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो