जैमिनीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, जनताकाे विभिन्न चासो र गुनासो

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, २९ असार २०८० ।

बागलुङ जैमिनी नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा चालु आर्थिक बर्षको योजना र कार्यक्रमको विषयमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

कार्यक्रममा जैमिनी नगरपालिकाले सवारी साधान खरिद गरेको देखि चालक राखेको विषयसम्मका प्रश्न उठेका थिए । जैमिनी नगरपालिकाको सेवा जनतामूखि नभएको, सरल सुविधा पाउन नसकेको, कर्मचारी मैत्री कार्यक्रम बन्ने गरेको लगाएतका विषयहरुमा सवाल जवाफ भएको थियो ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशु लगाएतका विषयमा नागरिकहरुले लाभ लिनेगरी काम गर्न नसकेको गुनासो गर्दै सहभागीहरुले नागरिकहरुको आवश्यकतालाई बढी ध्यान दिन आग्रह गरेका छन् । १५ जना सहभागीहरुले नगरपालिकाको सेवा प्रवाह, सञ्चालन भएका योजनाको गुणस्तर, सवारी भाडादर, नयाँ सवारी खरिद लगाएतका विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा अरविन थापा मगरले शिक्षा, स्वास्थ्य, रोजगार, तिलक थापाले कर्मचारीको काज र सरुवाको प्रक्रिया, आनन्द प्रसाद अम्माईँले चालु बर्षमा बनाइएका योजना सबै सम्पन्न नभएको, क्याप्टेन पदम बहादुर श्रीसले कुश्मिसेरामा खानेपानीको समस्या र सकस बहादुर क्षेत्रीले नगरपालिकाले खरिद गरेका सामग्री गुणस्तरहिन भएको सम्बन्धमा प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो ।

यस्तै शोभा प्रसाद शर्माले नगर अस्पताल बनाउने प्रकृया सुरु नगरेको र स्वास्थय सेवा नभएको, मोहम्मद सयन मियाले लक्षित वर्गका लगि कार्यक्रम प्रभावकारी नल्याइएको, नारायण आचार्यले तोकीएको भाडादर गाडीहरुमा टाँस्नुपर्ने, यम बहादुर जिसीले दरबन्दी मिलन हुन नसक्दा विद्यालय समस्यामा परेको र जयराम आचार्यले कुश्मिसेरा बजारको नालीमा घरको ढल मिसाइएको प्रति प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पूर्णेन्द्र सापकोटाले सञ्चालन भैरहेका योजनाहरु अनुगमन गर्ने नगरेको, राजेन्द्र शर्माले सार्वजनिक सुनुवाइ गर्दा सबै भेग समेट्न नसकेको र पूर्वाधारका विकास गर्न नगरपालकाले समन्वय नगरेको, शिव श्रीसले नगर खेलकुद समिति गठन, लक्ष्मी शर्माले महिला सञ्जाल गठन हुनुपर्ने र कृषिका योजना बनाउँदा कृषकहरुलाई पनि राख्नुपर्ने र शैलेस थापाले नगरपालिकाले गरेका निर्णयहरु समेत कार्यनवयन नभएको विषयमा प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाइमा नगरपालिकाले केहि समय अघि किनेको स्करपिओ गाडीको बारेमा र तोकिएको गाडीभाडा लागु नभएकोमा नागरिकहरुले तिब्र आलोचना गरेका थिए । वडाका सवारी दुरुपयोग भएको, कर्मचारी मैत्री बजेट ल्याइएको, नगरपालिकाले दिने सेवामा सर्वसाधारण नागरिकहरुको सरल पहुँच पुग्न नसकेको, योजनाको दर र गुणस्तरमा एकरुपता नभएको लगाएतका विषयहरु साझा रुपमा आएका थिए । नगरपालिकाले खरिद गरेको नयाँ गाडीमा चालक राख्दा स्थानीयलाई रोजगार नदिएको भन्ने जनगुनासो समेत कार्यक्रममा आएको थियो । बर्खाको समयमा नागरिकहरुलाई गरेजस्तो देखाउनको लागि मात्रै सिमित मान्छेहरुको विचमा सार्वजनिक सुनुवाइ गरिएको भन्दै आलोचना भएको थियो ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, नगर उप प्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी लगाएतले जवाफ दिनुभएको थियो । जवाफमा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले नगरपालिकाले आवश्यक देखेर कार्यपालिकाले निर्णय गरे अनुसार सवारी खरिद गरिएको जानकारी दिनुभयो । उठेका जिज्ञासाहरु नगरपालिका प्रति आवश्यक रहेको भन्दै उहाँले नगरपालिकाले लिएको नीति नागरिकमैत्री भएको र यसलाई अझै सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्र गर्नुभयो ।

यस्तै उप प्रमुख हरिहर शर्माले नागरिकहरुको सुझावले नै नगरपालिका समृद्ध बन्ने भएको नागरिकहरुबाट आएका सुझाव तथा गुनासालाई कार्यन्वयन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका सबै वडाहरुमा समान विकास पुराउनका लागि नगरपालिका प्रतिवद्ध रहेको भन्दै उहाँले सेवाग्राहीलाई सहज हुने तरिकाबाट काम गरिने बताउनुभयो ।

यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकामा दिइने सेवाहरुबाट नागरिकहरुलाई कुनै अप्ठ्यारो आएमा सुधार गर्दै लैजाने बताउनुभयो । कर्मचारीहरुले नागरिकहरुको सहज सेवाको लागि काम गरिरहेको भन्दै उहाँले कुनै समस्या वा सुझाव भएमा निर्धक्क नगरपालिकासम्म ल्याउन उहाँले नागरिकहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रविधिक विषयमा उठेका प्रश्नको जवाफ प्रविधिक इन्जिनियर विवेक सापकोटा, स्वास्थ्य तर्फका प्रश्नको जवाफ स्वास्थय शाखा प्रमुख गोविन्द प्रसाद आचार्य, वडा नं १ को विषयमा उठेका प्रश्नको वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य र शान्ति सुरक्षाको बारेमा प्रहरी चौकी कुश्मिसेराका प्रमुख प्रहरी नायब निरिक्षक मिन बहादुर खत्रीले उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम जैमिनी नगरपालिकाको आयोजना र बागलुङ बजारमा अवस्थित बागलुङ पोष्ट सञ्चार प्रा.लि को समन्वयमा सम्पन्न भएको थियो ।

May be an image of 1 person and studying


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो