सहकारी प्रति भ्रम नफैलाउन जैमिनीको आग्रह, अनर्गल प्रचार गरे कारवाही गरिने (सूचना सहित)

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, ४ साउन २०८० ।

सहकारी प्रति भ्रम सिर्जना नगर्न बागलुङको जैमिनी नगरपालिकाले आम नागरिकहरुमा आग्रह गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सहकारी प्रति भ्रम सिर्जना नगर्न आम नागरिकहरुलाई आग्रह गरेको हो ।

सहकारीले लुटेको, जनता ठगेको भन्नेजस्ता आधारहिन कुरा गरेर सहकारी प्रति नकारात्मक प्रचारवाजी नगर्न नगरपालिकाले एक सूचना जारी गरेको छ । नगरपालिकाले आफूले लिएको ऋणको साँवा र ब्याज समयमा नै तिर्न अनुरोध समेत गरेको छ । सदस्य सदस्यहरुविचको कारोबार नै सहकारीको मूल नीति भएकाले एक सदस्यले ऋण नतिर्दा अर्को सदस्यले वचत फिर्ता पाउन नसक्ने तर्फ सचेत रहन सूचनामा भनिएको छ । भ्रम सिर्जना गर्नेलाई सेवा सुविधाबाट वञ्चित गर्ने जैमिनी नगरपालिकाले चेतावनी दिएको छ ।

सहकारी संस्था र यसका सदस्यहरुलाई सहकारीको नियममा रहन नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकामा भएका सहकारीहरु प्रति भ्रम सिर्जना गरेको र अनर्गल गतिविधि भएकोमा नगरपालिकाको ध्यानाकर्षण भएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । विभिन्न समुह तथा व्यक्तिहरुले सहकारीको ऋण तिर्नु पर्दैन भन्दै अनर्गल प्रचार गरेको कुरामा सत्यता नभएको भन्दै उहाँले सदस्यहरुले लिएको ऋण जसरी पनि तिर्नैपर्ने बताउनुभयो ।

जैमिनी नगरपालिकाले नगरपलिकामा सञ्चालित सकारीहरुलाई नीति नियम र वित्तीय अनुशासनमा रहेर सञ्चालन गर्न सञ्चालकहरुलाई आग्रह गरेको छ । १० वटा वडा रहेको जैमिनी नगरपालिकामा करिव ४० सहकारी संस्थाहरु रहेका छन् ।

नगरपालिकाकाे सूचना हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो