जैमिनीमा चट्याङ पर्दा २ घरको मिटर बक्समा क्षति, प्रहरी टाेली घटनास्थलमा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ साउन २०८० ।

बागलुङको जैमिनी नगरपालिकामा चट्याङ पर्दा २ वटा घरको मिटरबक्समा क्षति पुगेको छ । जैमिनी नगरपालिका २ बिराउनेमा चट्याङ पर्दा केशव सापकोटा र राम प्रसाद सापकोटाको घरको मिटरबक्समा क्षति पुगेको हो ।

गयराति घर नजिकै रुखमा परेको चट्याङले २ घरको मिटरबक्स र वाइरिङ पूर्ण रुपमा क्षति भएको प्रहरी चौकी कुश्मिसेराका प्रहरी प्रमुख मिन बहादुर खत्रीले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । अहिले प्रहरी टोली घटनास्थलमा गएको छ । चट्याङबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।

बर्खायाममा बाढी पहिरो र चट्याङको जोखिम हुने भएकाले सतर्क रहन र सुरक्षाका उपाय अपनाउन प्रहरी चौकी कुश्मिसेराले आग्रह गरेको छ । चट्याङबाट बच्न विद्युतका तारहरु सुरक्षित बनाउने, विद्युतीय सामग्रीहरु प्रयोगपछि तार छुटाएर राख्न प्रहरी प्रमुख खत्रीले सबैलाई आग्रह गर्नुभयो । वरपर कुनै विपदका घटनाहरु भए प्रहरी चौकी कुश्मिसेराको फोन नम्बर ९८५७६९००९५ मा फोन गर्न सकिने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो