बागलुङमा प्रहरी इन्चार्ज होटलको कोठामा मृत भेटिए, अनुसन्धान चल्दै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ साउन २०८० ।

इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी इन्चार्ज मृत्त फेला परेका छन् । बागलुङको बडीगाड गाउँपालिका वडा नं ७ भिमगिठे स्थित इलाका प्रहरी कार्यलयका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत भेटिएका हुन् ।

सोमबार राती बडिगाड गाउँपालिका वडा नम्बर–६ खाल बजार स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पौडेल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले जानकारी दिनुभयो । प्रहरीलाई पौडेल होटलमा मृत भेटिएको भन्ने खबर आएपछि प्रहरी घटनास्थल तर्फ गएको थियो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काको टोलि पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थल जिल्ला सदरमुकाम बागलुङ बजारबाट झण्डै ७५ किलोमिटरको दुरीमा रहेको छ ।

पौडेल खाजा खान भन्दै इलाका प्रहरी चौकी बाट करिव ४ किलोमिटर टाढा खाल बजार पुगेका थिए । खाजा खान गएका पौडेल होटलमा मृत फेला परेको भन्दै होटल सञ्चालकले राती १२ बजे वडा अध्यक्षलाई जानकारी गराएका थिए । वडा अध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राती २ बजे प्रहरी चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले होटल सञ्चालक अन्जादी ४५ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो