प्रहरी मृत्यु प्रकरणः होटल सञ्चालकले हत्या गरेको देखियो, आरोपित २ जना पक्राउ

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० साउन २०८० ।

ईलाका प्रहरी कार्यालय भिमगिठेमा कार्यरत प्रहरी प्रमुख उज्जल पौडेलको हत्या भएको खुलेको छ । गत सोमबार राति मृत भेटिएको भनिएका पौडेलको हत्या भएको खुलेको हो ।

बागलुङको बडीगाड गाउँपालिका वडा नं ६ खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा खाजा खान गएका प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेललाई होटल सञ्चालिका ५१ बर्षीय आशा कुँवर र निजको छोरा २० बर्षीय बिनोद कुँवरले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । होटल सञ्चालक संग विवाद हुँदा उज्जल पौडेलको टाउकोमा मुक्काले हानेर मरणासन्न हुने गरी कुटपिट गरेको र छातिमा लात्तिले प्रहार गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसेर हत्या गरेको र उनलाई झुण्ड्याएर आत्महत्या गरेको भन्ने बनाएको प्रहरीले जनाएको छ ।

मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली किचन ¥याकमा लुकाई राखेको अवस्थामा फेला परेको थियो । प्रहरीले हत्या आरोपित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलयमा ल्याएको छ ।

बागलुङको बडीगाड गाउँपालिका वडा नं ७ भिमगिठे स्थितईलाका प्रहरी कार्यलय भिमगिठेमा प्रहरी प्रमुखको रुपमा कार्यरत पौडेलले होटलमा आत्महत्या गरेको भनेर होटल सञ्चालकले नै वडाध्यक्षलाई फोन गरिदिएका थिए । वडाध्यक्षले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यलय बुर्तिवाङको टोली तुरुन्त घटनास्थलमा पुगेको थियो ।

घटनास्थल जिल्ला सदरमुकाम बागलुङ बजारबाट झण्डै ७५ किलोमिटरको दुरीमा छ भने ईलाका प्रहरी कार्यलय भिमगिठेबाट ४ किलोमिटरको दुरीमा रहेको छ ।

याे पनि पढ्नुहाेस् । 

बागलुङमा प्रहरी इन्चार्ज होटलको कोठामा मृत भेटिए, अनुसन्धान चल्दै


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो