दमेकमा एक घर र विद्यालयमा बर्षाले क्षति, घर भत्किँदा परिवारको बिचल्ली

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १५ साउन २०८० ।

आइतबार रातिको अविरल बर्षाले बागलुङको दमेकमा घर र विद्यालयमा क्षति पुगेको छ । बर्षाका कारण जैमिनी नगरपालिका वडा नं २ दमेक डहरेमा रुपेश परियारको घर र सुन्तालाचौर माध्यामिक विद्यालयमा क्षति भएको हो ।

बर्षाका कारण घरको माथिल्लो भाग भत्किएको पिडीत परियारले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । आइतबार राति परेको अविरल बर्षाले आफ्नो घर भत्किएपछि अहिले छिमेकीकोमा आश्रय लिएर बसेको उहाँको भनाई छ । घरको माथिल्लो भागको एक पाखो पुरै भत्किएर क्षति पुगेको छ । रुपेश सहित उहाँकी श्रीमती र ३ वटी छोरी संगै ५ जनाको परिवार बस्दै आएको घर भत्किएपछि छिमेकीको घरमा बसेको भएपनि त्यो घर पनि जोखिम रहेको छ ।

आइतबार राति ९ बजे सुत्नु अघि नै घर भत्केकाले अन्य मानवीय क्षति नभएपनि खाद्यन्न र लत्ताकपडा भने पुरिएको छ । घरमा कसैको रोजगार नभएको र रुपेशको पनि स्वास्थ्यमा समस्या भएकाले विपत्तीमा सहयोग गर्न परिवारजनले आग्रह समेत गरेको छ ।

यस्तै जैमिनी नगरपालिका वडा नं २ सुन्तालाचौर स्थित सुन्तालाचौर माध्यामिक विद्यालय छेउमा पहिरो गएको छ । नव निर्मित भवनको पछाडि रहेको पर्खाल भत्किएको प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले जानकारी दिनुभयो । विद्यालयको १० कोठे भवनको पछाडिको पर्खाल ८ मिटर जति भत्किएको र यसले भवनमा कुनै क्षति नगरेको उहाँको भनाई छ ।

बर्षाका कारण पर्खाल भत्किएको भएपनि उक्त घटना जोखिमपूर्ण नरहेको प्रधानाध्यापक सापकोटाले बताउनुभयो । घटना पछि जैमिनी नगरपालिकाको टोली घटनास्थल पुगेको छ । नगर उप प्रमुख हरिहर शर्मा सहित प्राविधिक र विपद व्यवस्थापनको टोलीले डहरेको घर र सुन्ताचौर मा.वि मा भएको क्षतिको अनुगमन गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो