जैमिनीको सबै वडामा मेलमिलाप केन्द्र स्थापना, अब वडाको विवाद वडामै समाधान

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १६ साउन २०८० ।

बागलुङको जैमिनी नगरपालिकाको सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । १० वटा वडा रहेको जैमिनीमा वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

स–साना विवादहरुलाई वडातहमा नै समाधान गर्ने उद्देश्यले जैमिनी नगरपालिकाको १० वटै वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको न्यायिक समितिका संयोजक तथा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । न्याय निरुपणका लागि सहज होस् भनेर जैमिनी नगरपालिकाको न्यायिक समितिको तर्फबाट वडा तहमा नै मेलमिलाप केन्द्र स्थापना गरिएको उहाँको भनाई छ ।

स्थानीय सरकार गठन भैसकेपछि नागरिकहरुले घर दैलोबाट नै सेवा पाउनुपर्ने अधिकारलाई मध्यनजर गर्दै स्थापना गरिएको मेलमिलाप केन्द्रमा सूचिकृत मेलमिलापकर्ताहरुले विवादको समाधान गराउने छन् । सामान्य विवादलाई वडामा नै मेलमिलाप गराउने र मेलमिलापमा नगएमा न्यायिक समितिमा छलफल गराउने कानुनी व्यवस्था रहेको छ ।

जैमिनीका नागरिकहरुले पनि अब सामान्य विवादको लागि ठुलो खर्च गरेर अदालतसम्म पुग्नु नपर्ने भन्दै उप प्रमुख शर्माले मेलमिलाप कर्ताहरुले दुवै पक्षलाई न्याय हुनेगरी मेलमिलाप गराउने बताउनुभयो । पूर्ण रुपमा गोपनीयता कायम हुने र नियममा रहि मेलमिलाप गराउने भएकाले समस्या आएमा मेलमिलाप केन्द्रमा निवेदन दिन आग्रह समेत गरिएको छ ।

मेलमिलापको तालिम लिएका वडा तहका मेलमिलापकर्ताहरुलाई सूचिकृत गराउने र वडा तहमा आएका विवादहरुलाई वडामा नै मेलमिलाप गराउने नगरपालिकाको तयारी रहेको छ । जैमिनी नगरपालिकाले वडाका केहि नागरिकलाई मेलमिलापकर्ताको तालिम दिएको थियो । पहिलो कार्यकालमा जनप्रतिनिधि र केहि नागरिकहरुलाई तालिम दिइएकोमा दोस्रो कार्यकालका जनप्रतिनिधि आएपछि प्रत्येक वडाका ३ जनाको दरले स्थानीयहरुलाई तालिम दिइएको नगरपालिकाले जनाएको छ ।

अब पुनः नव निर्वाचित जनप्रतिनिधिहरुको लागि मेलमिलाप कर्ताको तालिम दिने तयारी भैरहेको उप प्रमुख शर्माले बताउनुभयो । मेलमिलाप केन्द्र स्थापना संगै केन्द्रको लागि आवश्यक पर्ने सामग्री समेत हस्तान्तरण गरिएको छ ।

मेलमिलाप केन्द्र स्थापनाका तस्विरहरू हेर्नुहाेस् । (क्रमशः वडा नं १ देखि वडा नं १० सम्म) 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो