सडक मिचिएका संरचना हटाउन जैमिनीको आग्रह, अब सडक छेउमा सामान राख्न नपाइने

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, १८ साउन २०८० ।

बागलुङको जैमिनी नगरपालिकाले सडक मिचेर बनाइएका संरचना र राखिएका सामग्री हटाउन आग्रह गरेको छ । बुधबार जैमिनी नगरपालिकाले कुश्मिसेरा बजारबासीहरुलाई अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो ।

जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, नगर उप प्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी सहित प्रहरी र पत्रकार सहितको टोलीले कुश्मिसेरा बजार परिक्रमा गरी सबै बजारबासी र व्यवसायीहरुलाई अवैध संरचना हटाउन आग्रह गरिएको उप प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । नगरपालिकाले सडक मापदण्ड मिचेर व्यापारिक सामग्रीहरु नराख्न र जथाभावी सवारी पार्किङ गरेर नराख्न समेत आग्रह गरेको छ ।

सफा नगर निर्माणको अभियानमा नगरपालिका जुटेको भन्दै उप प्रमुख शर्माले आफ्नो वरपर फोहोर नराख्न र पसल बाहिर सामग्रीहरु नराख्न निर्देशन दिइएको बताउनुभयो । जैमिनी नगरपालिकाले साघुरा सडकका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पटक–पटक सडक पेटीमा कुनै पनि व्यावसायिक सामग्री नराख्न आग्रह समेत गर्दै आएको थियो ।

यसअघि पनि नगरपालिकाले सडक मापदण्डभित्र परेको अवैध संरचना हटाउन आग्रह गरेको थियो । नगरपालिकाको आग्रहलाई बजारबासीहरुले पालना गरी संरचना हटाएर सडक फराकिलो बनाउन सहयोग गरेका थिए ।

नगरपालिकाको केन्द्र समेत भएकाले यहाँको बजार सुन्दर र सफा हुनुपर्ने भन्दै बजारबासीहरुलाई बजार सफा राख्न आग्रह गरिएको वडा नं १ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनुभयो । सडक छेउमा सवारी साधन पार्किङ गर्ने र सवारी आवागमनमा अवरोध पुराउने कुनै काम गगर्न उहाँको आग्रह छ ।

यता व्यवसायीहरुले भने नगरले विकल्प पनि दिनुपर्ने बताएका छन् । सवारी साधन सडक छेउमा रोक्नुपर्ने बाध्यता भएको र अन्यत्र पार्किङ गर्न बसपार्क नभएकाले समस्या भएको उनीहरुको गुनासो छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो