जैमिनीमा शिक्षक संघको धर्ना र ज्ञापनपत्र, प्रस्तावित शिक्षा ऐनको विरोध

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ साउन २०८० ।

नेपाल शिक्षक महासंघको तर्फबाट बागलुङको जैमिनी नगरपालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाइएको छ । आइतबार राष्ट्रिय समितिद्वारा घोषित कार्यक्रम अनुसार २ घण्टा धर्ना बसेर महासंघको तर्फबाट जैमिनी नगरपालिका मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।

हालै मात्र सार्वजनिक भएको शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केहि दफाहरु शिक्षक कर्मचारीको पेशागत सुरक्षा तथा स्वाभिमानको खिलाफमा रहेको र यसअघि शिक्षक महाुंघ संग भएको ३० बुँदे र ५१ बुँदे सम्झौता नसमेटिएकाले आइतबार बाट देशब्यापी आन्दोलनको सुरुवात गरिएको नेपाल शिक्षक महासंघका संस्थापक सदस्य झपिन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो । विभिन्न पेशागत संगठन सहित नेपाल शिक्षक महासंघले नगरपालिका मार्फत नेपाल सरकारलाई विभिन्न माग सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको उहाँको भनाई छ ।

ज्ञापन पत्र बुझ्दै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले आइतबार नै सो पत्र नेपाल सरकारको सम्बन्धीत निकायमा पठाउने आश्वासन दिनुभएको छ । शिक्षकहरुको माग प्रति नगरपालिका सकारात्मक रहेको भन्दै उहाँले सबै आफ्नो पेशा प्रति जिम्मेवार र बफादार हुनुपर्नेमा जोड दिनुभयो ।

यस मस्यौदाले शिक्षक महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएका सहमतीलाई समग्रमा समेट्न नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । स्थायी, अस्थायी÷करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाई अनुदान, प्राविधिक धार लगायत सबै खाले शिक्षक र विद्यालयका कर्मचारीका मागमुद्दाको यथोचित सम्वोधन गर्न पनि मस्यौदाले नसकेको नेपाल शिक्षक महासंघले बताएको छ ।

शिक्षा ऐनमा वि.स. २०७५ तथा त्यस पछि स्थाई भएका शिक्षकहरुलाई पेन्सन प्रयोजनमा मस्यौदाले अन्याय गरेको भन्दै यसरी शिक्षण पेसाप्रतिको आकर्षण र सम्मान प्रति नियोजित ढङ्गबाट प्रहार भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

नेपाल शिक्षक महासंघ देशको शिक्षाको विकास तथा नेपाली शिक्षक–कर्मचारीको पेसागत हकहित र संरक्षणको पक्षमा गर्ने संस्था भएकोले नेपाली शिक्षक–कर्मचारीको पेसागत हकहित र उन्नत विद्यालय शिक्षा विपक्षमा भएका षडयन्त्र, अभिमान र प्रयत्नको विरोधमा उत्रिएको शिक्षक महासंघले बताएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो