तमानखोलाको स्याउलामा सामाजिक विभेद विरुद्धका तीज गीत घन्किए, एकजुट हुने सन्देश

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ असोज २०८० ।

बागलुङ जिल्लाको पश्चिमवर्ती तमानखोला गाउँपालिका १ स्याउलामा सामाजिक विभेद विरुद्ध तीज गीतहरु घन्किएका छ्न् । तमान गाउँपालिका वडा नं. १ र स्थानीय आमासमुह संगको समन्वयमा स्थानीय नव प्रगतिशील युवा क्लबको चाजोपाँजोमा यहाँका महिलाहरुले बालविवाह र सामाजिक विभेद विरुद्ध आवाज मात्रै सुनाएन छलछ्मी नचाए पनि ।

“देश बनाउने राजनीति खराब भयो चरित्र”
“हुनुपर्छ देशभक्ती सबको दिल भित्र”

कलाकारहरुले तीजको भाकामा सामाजिक विभेद विरुद्ध आगो ओकले । सरकारलाई चुनौती दिए । जातीय छुवाछूत विरुद्ध एकजुट हुने सन्देश दिए । जात व्यवस्था अन्त्यको उद्घोष गरे, वर्ग विहिन समाजको कल्पना र बाटो देखाए । राजनीतिक इमान्दारी हुनुपर्नेमा जोड दिए ।

चेलीको वेदना र बिलैना गरि सकिने तीज अहिले सामाजिक जागरण, सशक्तीकरण र बिद्रोहको तह सम्म आइपुगेको छ । समताको सन्देश बोकेको आशा घर्तिमगर र विहानी रामजालीको समुह प्रथम हुँदै १ हजार ५ सय नगद र प्रमाणपत्र पाए । जातीय समानताको सन्देश दिएको फूल कुमारी सिर्पाली, रीतु रसाइली खममाया सिर्पालीको समुहको गीतले दोस्रो हुँदै १ हजार रुपैयाँ र प्रमाणपत्र पायो भने थम कुमारी वि.क र अनुजा खड़काको गीतले तेस्रो हुँदै ७ सय रुपैयाँ र प्रमाणपत्र पायो । दिलमाया र झरनाको समुह सान्तवना स्थान गर्न सफल भएको क्लबका सचिब बिर्ख बहादुर बिकले जानकारी दिनुभयो ।

लोक नृत्य प्रतियोगिले आफू मात्रै नाचेनन्, उपस्थित दिदीबहिनीलाई पनि छलछमी नचाए । नृत्यमा तिर्सना र पुष्पा सिर्पालीको समुह प्रथम, आशा घर्ति र अञ्जली विकको समूह द्वित्तीय र दिलमाया सिर्पाली र तिर्सना सिर्पालीको समूह तृतीय भए । टेकमाया र अनुजा खड्काको समूह सान्तवना स्थान हासिल गर्न सफल भएको छ ।

नृत्यमा प्रथम, द्वित्तीय र तृतीय हुनेले क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगद सहित प्रमाणपत्र पाए भने सान्तवना हुनेले प्रमाणपत्र पाएको क्लबका अध्यक्ष कविन्द्र सिउतानीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई वडाले ६ हजार मिलिजुली आमा समुह र नव परिबर्तनशील आमा समुहले ३÷३ हजार नगद सहयोग गरेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो