जैमिनीमा स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ मंसिर २०८० ।

बागलुङकाे जैमिनी नगरपालिकामा आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजना र जैमिनी नगरपालिकाकाे संयोजनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

जैमिनी नगरपालिका को वडा नं १,२,४ र ५ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिहिबार आयुर्वेद स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको जैमिनी नगरपालिका आयुर्वेद शाखा प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । यो कार्यक्रमले आयुर्वेद सेवामा जनताको पहुँच बढाउन स्वयंसेविकालाई अभिमुखीकरण गर्नुपर्ने उदेश्यका साथ कार्यक्रम आयोजना भएको उहाँको भनाई छ ।

कार्यक्रममा स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सहित आयुर्वेद र यसको बारेमा रहेका भ्रम र यथार्थको जानकारी गराइएको थियो । सो अवसरमा आयुर्वेद औषधीको पूर्ण रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परिक्षण गराई परामर्शमा मात्र सेवन गर्नुपर्ने कुरामा विशेष जोड दिइएको शर्माले बताउनुभयो ।

कार्यक्रमको अवसरमा धौलागिरी आयुर्वेद औषधालय बागलुङबाट प्रदान गरिने दैनिक ओ.पी.डी.सेवा, पञ्चकर्म÷पूर्वकर्मसेवा, प्रयोगशाला सेवा, क्षार सुत्र विधिबाट पाइल्स, फिस्टुला, फिसर सम्बन्धि उपचार, अपरेसन सेवा, नसा तथा बाथ र हाडजोर्नी सम्बन्धी समस्याको लागि थेरापी सहित अकुपञ्चर चिकित्सा सेवा र तोकिएका औषधीहरु निःशुल्क वितरण भैरहेको जानकारी गराइएको थियो ।

औषधालयले प्रचारात्मक कार्यक्रमहरु सहित स्तनपाई आमाको लागि र जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्धनका लागि विशेष कार्यक्रमहरु सञ्चालन भएको धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डाक्टर शरद पन्थीले जानकारी दिनुभयो । कार्यक्रममा आयुर्वेद कार्यक्रम, आयुर्वेद कार्यालय तथा औषधालय बाट प्रवाह भएका सेवाहरु र योग, प्राणायाम र आयुर्वेद सम्बन्धी तीन कार्यपत्र डा. पन्थीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका वरिष्ठ कविराज निरीक्षक डाक्टर कमल बिक्रम पौडेलले आयुर्वेद र जडिबुटी एवम् भान्छा र वरपर रहेका जडिबुटीको प्रयोग र यसको महत्व बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जैमिनी नगरपालिका सामाजिक विकास समितिका संयोजक बिष्णु प्रसाद आचार्यले आयुर्वेद सेवा विस्तार गरेर सबै जनतालाई समान अवसर सहित उपभोग गर्ने र स्वास्थ्य उपचार गराउने तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । नगरपालिकाले आयुर्वेद औषधि र उपचारलाई सबैसम्म पु¥याउन सक्दो प्रयास गरिरहेको र अझै व्यवस्थित सेवा प्रवाहको लागि आवस्यक पहल गर्ने उहाँको भनाई छ ।

यस्तै जैमिनी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तिर्थ पौडेलले आयुर्वेद सेवाको बारेमा समाजमा सहि सूचना प्रवाह गर्न स्वयंसेविकाहरुलाई जिम्मेवारी थपिएको बताउनुभयो । स्वयंसेविकाहरुले समाजमा आयुर्वेद औषधि र उपचार सहित यसको प्रभावकारिता बारे बुझाउनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा सहभागीको तर्फबाट जैमिनी–४ की सिता नेपाली र जैमिनी–१ की स्वयंसेविका खिमकला रानाले कार्यक्रम निकै प्रभावकारी भएको र आफूले बुझेको सबै विषय समाजमा आवस्यकता अनुरुप जानकारी गराउदै आयुर्वेद सम्बन्धी सचतेना बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्साको तिब्र विकास र स्वास्थ्य क्षेत्रमा आएका परिवर्तनहरुको बिचार गर्दा पुनः आयुर्वेद चिकित्सा तिर फर्कदै र जीवनशैली परिवर्तन गरि स्वास्थ्य अवस्था सुधार गर्न सकिने सम्बन्धी विषयमा जान्ने अवसर मिलेको उनीहरुको भनाई छ । कार्यक्रममा ३२ जना स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार