बाघको आक्रमणबाट १ जनाको ज्यान गयो

याे सामग्री सेअर गर्नुहाेस्

पर्सा, ९ पुस २०८० ।

बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको ज्यान गएको हाे ।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज सोमवार बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराज केसरीले जानकारी दिनुभयो ।

धाँगडको शव परीक्षणका लागि वीरगञ्जमा रहेको नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार