खोलाले जिप बगाउँदा २ जनाको मृत्यु, अन्यकाे अवस्था अज्ञात

याे सामग्री सेअर गर्नुहाेस्

इलाम, २१ जेठ २०८१ ।

इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हाे ।

जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिनुभयाे । जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म एक बच्चाको र एक महिलाको शव फेला परेको ढकालले बताउनुभयाे ।

 गाडीको एउटा चक्का भेटिएको छ भने उद्धारको लागि प्रहरी टोली घटनास्थल पुगेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो