काठमाण्डौ, २ भदौ २०८२ ।
सुनको भाउ आज तोलामा एकैदिन एक हजार दुई सय रुपैयाँले घटेका छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार तीन सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १५ रपैयाँ रहेको थियो ।