स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वान, यसरी दिनुहोस् आवेदन

काठमाडौं, २० कात्तिक २०८२ ।

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले एक सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको हो ।

स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीहरूले कार्यविधिको दफा–४ अनुसार योग्यता पुरा गरेको हुनुपर्नेछ । आवेदकहरू सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था गरिएको छ ।

इच्छुक उद्यमीले आउँदो २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख छ । तोकिएको ढाँचामा अनलाइनमार्फत् आवेदन दिन सकिने व्यवस्था छ  ।

आवेदन दिने तरिकाको विस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस् ।