अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौँ, २६ फागुन २०८२ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको हो ।

अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट देखापरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए । तर एक सातामै युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो ।