आईपीओ बाँडफाँट: ४ लाख ५० हजारले पाए सेयर, तपाईको पर्यो ? यसरि हेर्नुहोस्

काठमाडौं, २९ फागुन २०८२ ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले सर्वसाधारणलाई यसअघि निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म अंकित मूल्य १ सयका दरले ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टका अनुसार सो सेयरमा कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन मात्रै स्वीकृत भएका थिए भने बाँकी आवेदन रद्द भएका थिए ।

मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । बाँकी १९ लाख २६ हजार ७०५ आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइट iporesult.cdsc.com.np  मार्फत हेर्न सकिने छ ।