काठमाडाैं, ११ असाेज २०८२ ।
निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिनुभएकाे छ । अभिभावकको बैठकमा कांग्रेस नेतृ समेत रहनुभएकी राणाले राजीनामा दिनुभएकाे हाे ।
काठमाडौं र ललितपुरमा रहेकाे दुवै स्कूलबाट राणाले राजीनामा दिएकाे विद्यालयले जनाएकाे छ । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र रहेकाे बताइन्छ ।
भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । गत २४ गतेको आन्दोलनमा युलेन्स स्कुल अफवाहको सिकारमा परेको जनाएको छ । गत बुधबार विज्ञप्ति निकालेर युलेन्सले फाउन्डेशनको बोर्ड अफ ट्रस्टीले शिक्षा ऐन मुताबिक डा. देउवालाई विद्यालय व्यवस्थापन समितिमा नियुक्ति गरेको जनाएकाे थियो ।