एक लाख रुपैयाँ तलव सहित मा.वि. गणित शिक्षकको माग, खानबस्नको नि:शुल्क व्यवस्था

कैलाली, २४ मङ्सिर २०८२ ।

एक लाख रुपैयाँ तलव सहित गणित शिक्षकको माग भएको छ । कैलालीको धनागढ़ी शिवनगरमा  रहेको चैतन्य पाठशालाले खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै एकजना गणित शिक्षकको आवेदन मागेको हो ।

पाठशालाले एक सूचना जारी गर्दै माध्यमिक तह पढाउने दक्ष गणित शिक्षकका लागि दरखास्त माग गरेको सुचनामा उल्लेख छ । पदपूर्ति समितिका अनुसार दक्ष र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सुदूरपश्चिम प्रदेशमा रहेको उक्त विद्यालयले शिक्षकलाई खाना र बस्नको सुविधा पनि पाठशालाले दिने  छ । उक्त दरखास्तमा मंसिर २९ गतेसम्म नि:शुल्क  आवेदन दिन सकिनेछ । दरखास्तको शुल्क समेत निशुल्क गरिएको विद्यालयले  जनाएको छ ।

विज्ञापन हेर्नुहोस 

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds

This will close in 0 seconds