नेपाल आइडल सिजन ६ को उपाधि गङ्गा सोनामले जितिन्

काठमाण्डौ, १६ भदौ २०८२ ।

नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छन् । गएराति भएको अन्तिम प्रतिस्पर्धामा अरू चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । गङ्गाले पुरस्कारस्वरूप उपाधि ट्रफी, २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् ।

यस सिजनमा बबिता थापा मगर दाेश्राे र दर्शना गान्धारी तेश्राे घोषित भए । थापाले १० लाख रूपैयाँ र गान्धारीले पाँच लाख रूपैयाँसहित उपहार प्राप्त गरेका छन् । यस्तै अभिनय खाति चौथो र मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाएका छन् । उनीहरू दुवैले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् ।

दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । यसअघि नेपाल आइडलमा बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गएको वर्ष करण परियार विजेता बनेका थिए ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds