काठमाडौँ, २१ फागुन २०८२ ।
छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । चुनावकाे प्रारम्भिक अनुगमनपछि निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिओक) ले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको निष्कर्ष निकालेको हो ।
विगतका चुनावकाेहरूको तुलनामा यस पटक राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार बढी संयमित, सहयोगी र शान्त पाइएको पर्यवेक्षणले देखाएको छ । मतदान केन्द्रहरूमा कर्मचारी र दलका प्रतिनिधिहरूबीच पनि सौहार्दपूर्ण वातावरण रहेको पाइएको छ ।
यता निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता गरि कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए ।
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेपनि एकिन विवरण भने आइनसकेको जनाइएको छ ।


