अबको केहि दिनमा काेरियन भाषा परीक्षाकाे आवेदन खुल्ने, ५ हजार बढी उत्तीर्ण हुने अनुमान

काठमाण्डाै, २० साउन २०८२ ।

अबको केहि दिनमा काेरियन भाषा परीक्षाकाे आवेदन खुल्ने भएको छ ।  रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नेपालीहरूका लागि सन् २०२५ को काेरियन भाषा परीक्षाका लागि आवेदन खोल्न लागेको हो ।

शाखाले निकालेको सूचना अनुसार सन् २०२५ मा हुने पहिलो चरणको भाषा परीक्षाका लागि यही साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला रहनेछ । पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण सङ्ख्या पाँच हजार तीन सय हुनेछ । यसमा उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५ सय तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार आठ सय हुनेछ ।

एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने छन् । भाषा परीक्षा पास गरेर मात्रै रोजगारीको सुनिश्चितता भने नहुने शाखाले जनाएको छ । विविध कारणले गर्दा यसअघि भाषा र सिप परिक्षा उत्तीर्ण गरेका कतिपय नेपाली अझै कोरिया जान पाएका छैनन् ।