बजारमा उपभाेग्य वस्तुकाे अभाव नरहेको सरकारको भनाई, चाहिने जति मात्रै किन्न आग्रह

काठमाण्डाै, ३० भदौ २०८२ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति निकालेर बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नरहेको भन्दै आवश्यकताभन्दा धेरै खरिद तथा सञ्चय नगर्न आग्रह गरेको हो ।

सामान्यतया कुनै सङ्कट देखा परेमा दैनिक उपभोग्य वस्तु धेरै किनेर घरमा राख्ने प्रवृत्ति हुन्छ । यसतर्फ ख्याल गर्दै विभागले बजारमा अभाव नहुने भन्दै आवश्यकता अनुसार मात्रै किन्न भनेको हो । यस्तै कतिपय व्यापारीहरूले पछि महँगोमा बेच्न सकिने आशामा धेरै वस्तु भण्डारण गर्ने जोखिम पनि रहन्छ ।

विभागले उपभोक्ता हित संरक्षणका लागि वस्तु सञ्चित नगर्न/नगराउन निजी क्षेत्र र आवश्यकताभन्दा धेरै खरिद नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । कतिपयले अभाव हुने भन्दै भ्रम फैलाएर कालोबजारी गर्ने गरेको बिगतको घटना अनुरुप विभागले सचेत गराएको छ ।

सूचना हेर्नुहोस् 

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds