फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटियो

कास्की(पोखरा), १ फागुन २०८२ ।

पोखराको फेवा तालमा जाल हान्दा बन्दुक र गोली भेटिएको छ । पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हान्दा एसएलआर बन्दुक र १८ राउण्ड गोली फेला परेको हो ।

जाल हान्ने क्रममा भेटिएको उक्त हतियार र गोली  प्रहरीले बरामद गरेको  प्रहरीले जानेको छ ।  जाल हान्ने क्रममा उक्त हतियार र गोली जालमा आएको बताइएको छ ।

This will close in 0 seconds