ओखलढुंगाको रोचक नतिजा, ५ भोटले रास्वपाका उम्मेदवार विजयी

ओखलढुंगा, २४ फागुन २०८२ ।

ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका कुमार लुइटेललाई ५ मतले हराउदै पोखरेल निर्वाचित भएका हुन् ।

पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।

यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत पाएका छन् ।

पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ । पोखरेल पूर्वएआईजी हुन् ।