राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण

काठमाडौँ, २५ फागुन २०८२ ।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरुलाई सपथ गराउनुभएको हो ।

चुनावमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित हुनुभएको थियो । मधेशप्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमतीबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकीबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित हुनुभएको थियो । त्यस्तै कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ शाही र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित हुनुभएको थियो ।

यहि फागुन २० गतेदेखि १९ जना सदस्यको कार्यकाल पूरा भएकोमा एक जना अब सरकारको सिफारिसमा राष्ट्रपतीले मनोनयन गर्नुहुनेछ । राष्ट्रिय सभाका १८ सदस्यका लागि गएको माघ ११ गते चुनाव भएको थियो ।