लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मौसम आंशिक बदली- पानी पर्ने सम्भावना कति?

काठमाडौँ, ४ पुस २०८२ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरु ठाउँमा भने मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ ।

राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तर यी क्षेत्रमा पानी पर्ने सम्भावना भने छैन ।

This will close in 0 seconds