काठमाडौँ, १० फागुन २०८२ ।
आज केहि ठाउमा वर्षा र हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहेको हो ।
कोशी, गण्डकी र बागमतीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागसहित अन्य बाँकी हिमाली भागमा पनि आंशिक बादल लागेको छ । महाशाखाकाअनुसार आज दिउँसोसम्म तराई क्षेत्रका केही ठाउँमा हुस्सु कायमै रहनेछ । दिउँसो पनि हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बादल लाग्नेछ । एक/दुई ठाउँमा छिटपुट वर्षा र हल्का हिमपातको सम्भावना छ ।


