काठमाडौ, ६ असोज २०८२ ।
बर्षाले देशको अधिकांश सडक अवरुद्ध बनाएको छ । असोज लाग्दासम्म बर्षा नरोकिँदा देशका मुख्य सडकहरू अवरुद्ध भएको हो ।
दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवा क्षेत्रमा सडक पूर्ण रुपमा अवरुद्ध छ ।
प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवा क्षेत्रमा सडक पूर्ण रुपमा अवरुद्ध छ । बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्ण रुपमा बन्द भएको छ ।
पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड-२ कै बालुवाखानीस्थित सडक पूर्णरुपमा अवरुद् भएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित सडक पूर्ण रुपमा बन्द भएको छ ।
मुग्लिन-नारायणगढ सडक पनि लामो समयको प्रयासपछि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम हुने भन्दै बन्द गरिएको छ ।
अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मी सहितको टोलीले खुलाउने प्रयास गरिरहेको छ । दशैंको मुखमा सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ ।