गुडिरहेकाे बसमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट

कपिलवस्तु, १ फागुन २०८२ ।

गुडिरहेकाे बसमा आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको छ । काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, टिटिहिरियामा विहिवार आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो ।

स्थानीयवासी प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन  ।

बसमा सवार सबै ४४ जना यात्रु सकुशल रहेका छन् । आगलागीले यात्रुहरूको बसमा रहेको केही सामग्री समेत जलेर नष्ट भएको छ । गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा रोकिएको थियो । बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो ।  आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

This will close in 0 seconds