नेपाली यात्रु सहयोगी एप ‘सजिलो’को सेवाशुल्क छुट, निर्वाचनमा सेवा बन्द हुने

काठमाडौं, १४ फागुन २०८२ ।
नेपालीका लागि नेपालमै बनेको यात्रु सहयोगी (राइड सेयरिङ) एप ‘सजिलो’ले निर्वाचनका बेला सेवा बन्द गर्ने भएको छ । ‘सजिलो’को तर्फबाट एक विज्ञप्ति जारी गर्दै फागुन १६ गतेदेखि २३ गतेसम्म कार्यालय बन्द गर्ने जानकारी दिइएको हो ।

कार्यालय बन्द भएपनि एपको सेवा भने निर्वाचनको अघिल्लो दिन र निर्वाचनका दिन गरेर दुई दिन मात्र बन्द हुने प्रमुख कार्यकारी अधिकृत अमिर लामाले जानकारी दिनुभयो । फागुन २४ गतेबाट कार्यालय नियमित सञ्चालन हुनेछ ।

यस्तै एपले यसअघि लिँदै आएको सेवाशुल्क समेत छुट दिने जनाएको छ । एपको तर्फबाट निर्वाचनलाई सफल बनाउन उत्साहपूर्ण तरिकाले मतदानमा सहभागी हुन आग्रह समेत गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति