काठमाडौँ, २३ भदौ २०८२ ।
‘जेन जी’ आन्दोलनमा परि १३ जनाको ज्यान गएको छ । आन्दोलनमा घाइते भै काठमाडौँको विभिन्न अस्पतालमा उपचार गराइरहेकाहरुमध्ये हालसम्म १३ जनाको ज्यान गएको हो ।
काठमाडौंको एभरेस्ट अस्पतालमा तीन, सिभिल अस्पतालमा दुई, ट्रमा अस्पतालमा ६ जना, टिचिङ अस्पतालमा एक जना र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ । दिउँसो ४ बजेसम्मको विवरण अनुसार सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् । त्यस्तै, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् ।
‘जेन जी’ भनिने नवयुवा पुस्ताहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्धसहित भ्रष्टचारको विरोधमा सडक आन्दोलन थालेका हुन् । प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले घातक बल प्रयोग गरेको छ । प्रहरीले जथाभाबी गोली चलाएको हो । यस्तै अश्रुग्यास र लाठीचार्ज पनि जथाभाबी गरेको छ । सिभिल, एभरेस्ट, ट्रमा, केएमसी लगायतका अस्पतालहरू घाइतेले भरिएका छन् ।