काठमाडौं, २४ भदौ २०८२ ।
प्रदर्शनकारीहरुले कलंकीको मालपोत कार्यालय र नापी कार्यालयमा आगजनी गरेका छन् । जेन जीको नामबाट आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले मालपोत कार्यालय र नापी कार्यालयमा आगजनी गरेका हुन् ।
खसीबजारमा रहेको प्रहरी कार्यालयमा ढुङ्गाबुढा गर्दै गाडी जलाएका प्रदर्शनकारीहरुले कलंकीमा रहेको मालपोत र नापी कार्यालयमा समेत आगजनी गरेका छन् । प्रदर्शनकारीहरु उग्र बन्दै गएपछि प्रहरीले गोली समेत चलाएको छ ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको छ ।
प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
