काठमाडाै, २ माघ २०७७ ।
अहिले एक महिनाकाे बिचमै नाम चलेका कम्पनीहरूकाे आईपीओ निस्काशन भैरहेकाे छ । आईपीओ आउँदा घरबाटै आईपीओ भर्नेहरूपनि बढेका छन् तर सिडिएस् एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेराे शेयर वेवसाइटमा भने बारम्बार समस्या आउने गरेकाे छ ।
आईपीओ खुलेपछि वेवसाइटकाे प्रयाेगकर्ता बढ्न थाल्छन् साेही समयमा मेराे शेयरकाे वेवसाइटमा समस्या देखा पर्नेगरेकाे प्रयाेगकर्ताहरूले गुनासाे गरेका छन् ।
अनलाइनबाट शेयर भर्ने एकमात्र बिकल्प मेराे शेयरमा नै समस्या देखिएपछि कतिपय प्रयाेगकर्ता आईपीओ भर्नबाट नै बञ्चीत हुनेगरेकाे गुनासाे आएकाे छ ।
यता सिडिएस् ले भने यसकाे मर्मत भैरहेकाे जनाएकाे छ । जिल्लाखबर डटकमलाइ प्राप्त जानकारी अनुसार वेवसाइटकाे ट्राफिक क्षमता निकै कम तर ट्राफिक धेरै हुने गरेकाे देखिएकाे छ । नेपालका प्राय सर्भरहरू कम ट्राफिक क्षमताका हुने गरेका कारण पनि यस्ताे समस्या देखिएकाे कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहाेस्