आजदेखि अस्पताल खुल्ने, सरकार र चिकित्सक सङ्घबीच सहमति

काठमाडाैं, १४ साउन २०८३ । विगत ३ दिनदेखि बन्द अस्पताल आजदेखि खुल्ने भएकाे छ । नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि अस्पताल खुल्ने भएकाे हाे । वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडकाे विराेधमा देशभरका चिकित्सकहरूले अस्पताल बन्द गरेका थिए । ३ दिनदेखि बन्द अस्पतालकाे सेवा डाक्टरहरुको देशव्यापी आन्दोलन फिर्ता भएपछि […]

पुरा पढ्नुहाेस्

मन्त्रीपरिषदका चार निर्णयः भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्कोटा

काठमाडाैं, १९ जेठ २०८३ ।  सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटालाई  नियुक्त गृर्ने निर्णय गरेकाे छ । मंगलबार बसेकाे मन्त्रीपरिषद बैठकले बास्कोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गर्नुभएकाे छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– […]

पुरा पढ्नुहाेस्

प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन हुने

काठमाडाैं, १४ जेठ २०८३ । प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन हुने भएकाे छ । सरकारले मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्दै प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्न लागेकाे हाे । समन्वय, अनुगमन, मूल्यांकन तथा सहजीकरणका लागि प्रत्येक प्रदेश र जिल्लामा ‘मेलमिलाप समन्वय समिति’ गठन गर्ने विधेयक संशोधन प्रस्तावमा उल्लेख छ […]

पुरा पढ्नुहाेस्

सरकारकाे नीति तथा कार्यक्रमः विपक्षीकाे टिप्पणी, सत्तापक्षकाे प्रशंसा

सुजन प्रेमी सुवेदी काठमाडाैं, २९ वैशाख २०८३ ।  सरकारले ल्याएकाे नीति तथा कार्यक्रमविच छलफल भएकाे छ । वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पाैडेलले सदनमा पेश गर्नुभएकाे नीति तथा कार्यक्रमकाे विषयमा संसदमा छलफल भएकाे हाे । सत्तापक्ष रास्वपाका सांसदहरूले सरकारकाे प्रशंसा गरेका छन् भने विपक्षीहरूले सुझाव सहित टिप्पणी गरेका छन् । नेकपा (एमाले) संसदीय दलका नेता […]

पुरा पढ्नुहाेस्

पदाधिकारी पदमुक्त हुन थालेपछि सञ्चार र यातयात मन्त्रालयमै ५६ पद रिक्त

काठमाडाैं, २२ वैशाख २०८३ । पदाधिकारी पदमुक्त हुन थालेपछि सञ्चार र यातयात मन्त्रालयमै ५६ पद रिक्त भएकाे छ । राजनीतिक नियुक्ती पाएकाहरूकाे पद नरहने गरी सरकारले अध्यादेश ल्याएपछि अधिकांश संस्थामा पद रिक्त भएकाे हाे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका  मात्रै ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन् । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पदमुक्त […]

पुरा पढ्नुहाेस्

सुकुम्बासीमा नाम दर्ता गर्न छुटेकालाई सम्पर्क गर्न सरकारको आग्रह

काठमाडौं, २० वैशाख २०८३ । सुकुम्बासीमा नाम दर्ता गर्न छुटेकालाई सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । सरकारले जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको हो । शहरी विकास मन्त्रालयले सहायता आवश्यक भएका तथा सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गई दर्ता गर्न अनुरोध गरेको […]

पुरा पढ्नुहाेस्

काठमाडौंको खोलाकिनारका सबै सुकुम्बासी बस्तीमा डोजर चलाइँदै

काठमाडौं, १७ वैशाख २०८३ । काठमाडौं नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका तथा अनधिकृत संरचनामा डोजर चलाउने र खाली […]

पुरा पढ्नुहाेस्

गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइँदै

काठमाडाैं, १४ वैशाख २०८३ । गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइँदै छ । गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर र भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहरा भत्काउन थालिएकाे हाे । मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको थियाे भने गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा […]

पुरा पढ्नुहाेस्

अब अनलाइनबाटै एनओसी लिन सकिने, बिचौलियाबाट ठगीने जोखिम हट्यो

काठमाडौं, ६ वैशाख २०८३ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले यो सेवालाई पूर्णतः फेसलेस र अनलाइन बनाएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयसँग प्रणाली अन्तरआवद्धता गरिएको छ । अब विद्यार्थीले आवेदन […]

पुरा पढ्नुहाेस्

अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने

काठमाडौं, ५ वैशाख २०८३ । अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने भएको छ  । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन डाक्टरहरूलाई निर्देशन दिएको हो । काउन्सिलले सूचना निकालेर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा डाक्टरहरूले उपचार विधि, औषधि प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम […]

पुरा पढ्नुहाेस्