एनपीएलमा कर्णाली र चितवन खेल्दै, दिउँसो विराटनगर र पोखराको खेल हुने

काठमाडौँ, २ मङ्सिर २०८२ 

दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा  विराटनगर र पोखरा खेल्न लागेको हो  ।

एनपीएलमा यसअघि यी दुई टोलीबीच पहिलो संस्करणमा एक पटक भेट भएकोमा पोखरा सुपर ओभरमा विजयी भएको थियो । आजै भएको पहिलो खेलमा कर्णाली याक्स र  चितवन राइनाेज भिडेका छन्  ।  कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले टस जितेकाे छ । चितवनका कप्तान कुशल मल्लले बलिङ राेजेका छन् । एनपीएलमा यसअघि यी दुई टाेलीबीच अघिल्लाे संस्करणमा दुई पटक भेट भएकाेमा दुइटै खेलमा कर्णाली विजयी भएकाे छ ।

यसअघि हिजाे भएकाे उद्घाटन खेलमा अघिल्लाे संस्करणकाे विजेता जनकपुर बाेल्ट्सलाई हराउँदै काठमाण्डाै गुर्खाजले विजयी शुरुआत गरेकाे छ ।एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । प्रतियाेगिताकाे फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds

This will close in 0 seconds