युक्रेनमा १४ घण्टापछि भग्नावशेषबाट ७ वर्षीय बालकको जीवितै उद्धार गरिएकाे छ । युक्रेनमा भएको रुसी आक्रमणपछि एउटा आवासीय भवनको भग्नावशेषबाट उद्धारकर्मीहरूले ७ वर्षीय बालकको जीवितै उद्धार गरेका हुन् ।
उद्धारकर्मीहरूले १४ घण्टापछि ती बालकलाई बाहिर निकालेका बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीहरूले डाइमरबाट उद्धार गरिएको बच्चाको अवस्था स्थिर रहेको र उनलाई अस्पताल लगिएको बताएका छन् ।
किएभ क्षेत्रीय प्रमुख तिमुर तकाचेन्कोका अनुसार भग्नावशेषबाट ७९ वर्षीया महिलालाई पनि जीवितै उद्धार गरेर अस्पताल लगिएको छ ।
